काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने भएका छन् ।
छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट मेची-महाकाली पद यात्रा गर्ने सांसद सिंहले बताएका छन् । आज बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले मधेशलाई थप बुझ्न र मधेशलाई जोड्न पदयात्रा गर्ने बताएका हुन् ।
मा सीताको जन्मभूमि जनकपुरमा छठको पारनको दिन गंगासागरमा अर्घ्य दिएर मेची-महकाली पदयात्रा गर्छु,’ उनले भने, ‘मेरो पदयात्राको थिम छ । समाज जोड्नु पर्छ । राजनीति भनेको समाज जोड्नका लागि हो । देशको समृद्धिका लागि हो । अबको एकताको बाटो हुनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्