काठमाडौँ, ८ असोज । नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको छ ।
पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले भण्डारीलाई अध्यक्षपछि दोस्रो वरियतामा राख्न प्रस्ताव गरेको हो । सचिवालय बैठकको प्रस्तावलाई अब ललितपुरको भनिमण्डलमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ । केन्द्रीय कमिटीले सचिवालयको सो प्रस्तावलाई अनुमोदन गर्नेछ ।










प्रतिक्रिया दिनुहोस्