चितवन, ६ मंसिर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले विश्वभर कम्युनिस्ट, वामपन्थी र समाजवादी विचारप्रति आकर्षण बढ्न थालेको बताएका छन् । उनले पुँजीवादी व्यवस्था संकटमा फसेको पनि दाबी गरे ।
चितवनको भरतपुरमा आयोतित ‘मार्क्सवादी ज्ञान केन्द्र’को छैटौँ साधारणसभा तथा अन्तरक्रियामा पुनले अमेरिका र युरोपेली देशका जनतासमेत कम्युनिष्ट विचारधाराप्रति आकर्षित भएको दाबी गरे । उनले कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूबीच एकता र सहकार्यलाई अहिलेको प्राथमिकता बनाउनुपर्ने बताए ।
उनले भने, “पुँजीवादको विकल्पमा विश्वभरिबाट फेरि कम्युनिस्ट, वामपन्थी वा समाजवादी विभिन्न नामबाट प्रगतिशीलहरू, वामपन्थीहरू क्रान्तिकारीहरू र कम्युनिस्टहरू अगाडि बढेको देखिन्छ । पहिलो भनेको लेफ्टहरू मिल्ने नै हो । सकिन्छ एकता, सकिँदैन कमसेकम चुनावमा कार्यगत एकता गरेर जानुपर्छ ।”










प्रतिक्रिया दिनुहोस्