काठमाडौँ, २१ असोज । त्रिशूली–भोटेकोशी महाविपति अध्ययन विशेष संसदीय समितिको टोली त्रिशूलीको विदुर नगरपालिका पुगेको छ । टोलीले विदुरस्थित नेपाली सेनाको ब्यारेकमा विपद् व्यवस्थापन समन्वयमा खटिएका तिनै तहका सरकारका प्रतिनिधिहरूसँग विपद् र विपद्पछिका अवस्थाबारे जानकारी लिएको छ ।
त्यसक्रममा खोज, उद्धारको अवस्था, राहत तथा अस्थायी आश्रयको स्थिति, आधारभूत सेवा तथा सम्पर्क सञ्जाल पुनर्स्थापना, सुरक्षित पुनर्स्थापना र पुनर्वासका पक्षमा गरिएका तयारीसहित दिगो पुनर्निर्माण तथा जोखिम न्यूनीकरणमा अपनाइनुपर्ने विधिका बारेमा दिएका सुझावलाई सङ्कलन गरेको समिति सभापति गणेश पराजुलीले जानकारी दिएका छन् ।
सुझाव दिने क्रममा स्थानीय प्रतिनिधिहरूले आधारभूत सेवा तथा सम्पर्क सञ्जाल पुनःस्थापनामा जोड दिँदै तत्काल कानुन संशोधन गरेर भए पनि सम्बोधन गर्न आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्