काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन् ।
कांग्रेस रूपान्तरणको यात्रामा अझै धेरै काम गर्न बाँकी रहेकाले आफू महामन्त्रीको उमेदवार बनेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् । महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले भनेका छन्, “तपाईंको विश्वास र प्रेरणाले म महामन्त्री पदको उमेदवार बनेको छु ।”
आफूलाई प्राप्त हुने मत व्यक्तिगत समर्थनमा मात्र सीमित नरहने भन्दै उनले लोकतन्त्रको सुदृढीकरण, कांग्रेसको नवनिर्माण र समुन्नत नेपालको साझा सपनामा योगदान पुग्ने बताएका छन् ।
उनले महाधिवेशन प्रतिनिधिले चाहेजस्तो सुदृढ, गतिशील र विशाल कांग्रेस निर्माणका निम्ति विगतमा भन्दा अझ सघन रूपमा खटिने प्रतिबद्धता जनाएका छन् ।










प्रतिक्रिया दिनुहोस्