काठमाडौँ, २१ कार्तिक । चर्चित तथा लोकप्रिय गायिका विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ ।
मौलिक भाका र नेपाली जनजीवनको मिठास समेटिएको गीतमा माझीलाई स्वरमा गायक एवंम् संगीतकार वसन्त थापाले साथ दिएका छन् । गीतलाई ‘एसएस सिरिज’ युट्युबमा सार्वजनिक गरिएको हो ।
फूल प्याउलीको’मा चर्चित गीतकार नवराज पन्तका मनछुने शब्द छ भने संगीत स्वयं गायक वसन्त थापाले भरेका हुन् । नेपाली गाउँघरको संस्कृति, लाहुरे परिवेश, मौलिक जीवनशैली र मायाप्रेमको भावलाई गीतमा निकै सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।
गीतमा विदेश, शहरदेखि दिक्क भएर आफ्नो गाउँ ठाउँ ठिकै हो, गाउँका फुल परिवेश राम्रा छन् भन्ने परिवेशको वर्णन गरिएको गीतमा विष्णु माझीको जादुमय स्वर र वसन्त थापाको ठेट गायकीको संगमले गीतलाई थप कर्णप्रिय बनाएको छ ।
गीतको भिडियो पनि बनेको छ । भिडियोमा चर्चित डान्सर तथा मोडल प्रदीप लामा र मोडल जुना विश्वकर्माको अभिनय तथा नृत्य हेर्न सकिन्छ ।










प्रतिक्रिया दिनुहोस्