काठमाडौँ, २१ कार्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ अंगारेश्वरस्थित धरान–चतारा सडकखण्डमा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति उक्त दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१७ हटियाका २७ वर्षीय सुदीप पाण्डेको मृत्यु भएको हो ।
हेटौँडाबाट सिन्धुलीतर्फ तरकारी लिएर जाँदै गरेको वाग्मती प्रदेश ०१–०२८ च १७४७ नम्बरको पिकअप बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक पाण्डेको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए ।
प्रहरी टोलीले उपचारका लागि हेटौँडास्थित सीएमसी चुरेहिल अस्पताल पुर्याएकोमा राति ९ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्