काठमाडौँ, २१ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले युवालाई लक्षित गर्दै उत्पादन वृद्धि र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाएको बताएका छन् ।
सङ्खुवासभमा सदरमुकाम खाँदबारीमा आज पत्रकार भेटघाट कार्यक्रम मुख्यमन्त्री कार्कीले यस वर्षको बजेटमार्फत प्रदेशमै काम गर्न चाहने युवालाई लक्षित गरी करिब रु आठ अर्ब बराबरको रकम व्यवस्था गरिएको जानकारी दिए । साना तथा मझौला उद्यम सञ्चालन गर्न चाहने युवालाई सहयोग पुग्ने गरी तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उद्देश्यका साथ कार्यक्रम ल्याइएको उनले बताए ।
युवालाई स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्नुका साथै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास प्रदेश सरकारले लिएको उनको भनाइ छ । प्रदेश सरकारले रु आठ अर्ब बराबर रकम, यही प्रदेशमा काम गर्न चाहने युवालाई तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताए ।
मुख्यमन्त्री कार्कीले युवाको उद्यमशीलता प्रवर्द्धनमार्फत प्रदेशको अर्थतन्त्रलाई थप सुदृढ बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरे । उनले उत्पादन र रोजगारी वृद्धि गर्दै युवालाई आफ्नै प्रदेशमा अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नु सरकारको लक्ष्य रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्