काठमाडौँ, २२ कार्तिक । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले तिहारको झिलिमिली देख्दा २०७३ सालअघिका अँध्यारा दिनहरू सम्झिने गरेको बताएका छन् ।
हिजोको साथ र विश्वासप्रति हृदयदेखि आभार व्यक्त गर्दै उनले भोलिको सुशासन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा पनि नागरिक तहबाट साथ रहने अपेक्षा व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘झिलिमिली बत्तीको पर्व, दिदी–बहिनी र दाजुभाइबिचको आत्मीय ताको पर्व, तिहार, हाम्रो घरघर मा उज्यालो छर्ने आशाको सम्झना हो । तिहारको झिलिमिली देख्दा २०७३ सालअघिका ती अँध्यारा दिनहरू सम्झिन्छु। उज्यालोको पर्वसमेत अन्धकारमा मनाउनुपर्ने बाध्यता थियो। तर तपाईंहरूको साथ, विश्वास र हाम्रो दृढ संकल्पले असम्भवलाई सम्भव बनायो। देश लोडसेडिङमुक्त भयो, देशको करिब हरेक घरमा बत्ती पुर्यायौँ, आज नेपाली बिजुली विदेशसम्म पुगेको छ। हिजो बिजुलीको अँध्यारो हटायौँ, अब भ्रष्टाचार, गरिवी, बेथिति, वेरोजगारी, अन्याय र निराशाको अँध्यारो हटाउने संकल्प छ। चुनौती जति आए पनि हाम्रो यात्रा रोकिने छैन। किनकि अँध्यारोलाई सरापेर होइन, आफैँ दीप बनेर उज्यालो फैलाउनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्