समाचार

गाँजासहित भारतीय नागरिक पक्राउ



काठमाडौँ, २७ कार्तिक । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डबाट ल्याएको लागुऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतीय नागरिक २५ वर्षीय सुवोध कुमार छन् । बिहीबार थाई एयरवेजको उडा नम्बर टिजी–३१९ मार्फत काठमाडौँ आएका भारतीयको साथबाट ३ केजी थाई गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी दुर्गा रेग्मीले बताए ।