काठमाडौँ, २७ कार्तिक । आज सेयर बजारमा सामान्य अङ्कले घटेको छ ।
बजार ६.४८ अङ्कले घटेर २६४८.७४ को बिन्दुमा बन्द भएको हो । आज कारोबारमा आएका कम्पनीहरूमध्ये १६० कम्पनीको सेयर मूल्य घटेको छ भने १०९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज ३३५ स्क्रिप्टको ३१ हजार ३०४ पटकको कारोबारमा ७८ लाख ४३ हजार ५८८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसअनुसार कुल ३ अर्ब ५ करोड बराबरको कारोबार भएको छ । कारोबारमा स्वेतगंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ७.५६ प्रतिशत कमाएका छन् भने क्रेष्ट माइक्रो लाइफको मूल्य सर्वाधिक ९.५६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज घोराही सिमेन्ट शीर्ष स्थानमा रहेको छ । यस कम्पनीको कुल ४० करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अन्य कम्पनीको कारोबार २० करोड भन्दा कम छ ।
समूहगत रूपमा आज विकास बैंक, होटल, हाइड्रोपावर र निर्जीवन बिमा समूह बढ्दा अन्य समूह घटेको छ । सर्वाधिक गिरावट अन्य समूहमा ०.९४ प्रतिशतले भएको छ










प्रतिक्रिया दिनुहोस्