समाचार

ट्याक्टरबाट खसेर एक बालकको मृत्यु



कैलाली, २७ कार्तिक । कैलालीको गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर सात वर्षीय बालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो आफ्नै खेत जोत्ने क्रममा ट्याक्टरबाट खसेर सुशान्त चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार खडकबहादुर चौधरीले से २ त ३६७२ नम्बरको ट्याक्टरले खेत जोतिरहेका बेला उनका छोरा सुशान्त ट्याक्टरबाट खसेका थिए । ट्याक्टरको पछाडिपट्टि जोडिएको रोटाभेटरमा परेका बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।