काठमाडौँ, २९ कार्तिक । बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको गौमुल गाउँपालिका–५ का बलबहादुर बुढाका ८ वर्षीय छोरा समिर बुढाको ढुङ्गा लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार गौमुल गाउँपालिका–४ घोगालाबाट आफ्नो घर फर्किने क्रममा अचानक भिरबाट ढुङ्गा खसेर उनको टाउकोमा लागेको थियो । ढुङ्गा लागेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे स्थानीयले साँझ ५ बजे इलाका प्रहरी कार्यालय गौमुलमा जानकारी गराएका थिए । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलको मुचुल्का तयार पारेर बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको थियो । शव जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्