अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ४ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ हजार २ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४५ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।