राजनीति

अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूत झाङबीच भेटवार्ता



काठमाडौँ, ४ मंसिर । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अज भएको भेटका क्रममा दुई देश बिचको द्विपक्षीय सम्बन्ध, विपद् पछिको पुनर्निर्माण र बन्दरगाह सहकार्यका विषयमा कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ ।

भेटवार्तापछि चिनियाँ राजदूत झाङले दुई देशबिचको समन्वयलाई थप सुदृढ पार्न, सीमा पार कनेक्टिभिटी बढाउन, पूर्वाधार विकासलाई सहजीकरण गर्ने कुराकानी भएको जनाएका छन् । साथै दुवै देशका जनताको हितका लागि सहकार्य विस्तार गर्न नेपाली पक्षसँग मिलेर काम गर्न चीन तत्पर रहेको उनले बताएका छन् ।

भेटमा नेपालको आर्थिक विकास, पूर्वाधार निर्माण र विपद् व्यवस्थापनमा चिनियाँ सहयोग तथा आगामी दिनमा सहकार्यका सम्भावित क्षेत्रहरूका विषयमा समेत सकारात्मक छलफल भएको मन्त्रालयले जनाइएको छ । राजदूत झाङ हिजो परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेटेका थिए ।