काठमाडौँ, ६ मंसिर । नेपालको पहिलो केबलकार ‘मनकामना केबलकार’ २८औँ वर्षको सफल सञ्चालन पूरा गरी मंसिर ८ गतेदेखि २९औँ वर्षमा प्रवेश गरेको छ ।
चितवन को–इ समूहअन्तर्गतको मनकामना दर्शन प्रा.लि. द्वारा सञ्चालित यस केबलकारले हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुहरूलाई सेवा प्रदान गरिसकेको जनाएको छ ।
कम्पनीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको यस केबलकारले नेपालको पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा एक अग्रणी उद्यमको रूपमा आफूलाई स्थापित गरेको उल्लेख गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले स्वर्गीय संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले देखाएको मार्गनिर्देशन र दूरदृष्टिलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।










प्रतिक्रिया दिनुहोस्