अर्थ

बढ्यो सुनको मूल्य



काठमाडौँ, ८ मंसिर । नेपाली बजारमा मंगलबार सुनको सामान्य मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३ हजार १४५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो । यस आधारमा मंगलबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज सुन प्रतिदश ग्राम २ लाख १२ हजार ५३५ रुपैयाँ र चाँदी प्रतिदश ग्राम २ हजार ६९६ रुपैयाँ कायम भएको छ ।