राजनीति

सुरुङबाट उद्धार गर्न सहायता आवश्यक परेपछि चीन र भारतबाट विशेषज्ञ बोलायौं : मन्त्री खनाल



काठमाडौँ, १४ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारमा विदेशी सहायता आवश्यक परेपछि सहयोग मागेको बताएका छन् ।

आज बाढी प्रभावित क्षेत्र पुगेका मन्त्री खनालले त्यहाँ स्वदेशी जनशक्तिले मात्रै सम्भव नभएपछि चिनियाँ र भारतीय विशेषज्ञ बोलाइएको बताएका हुन् ।

उनले भने, ‘आवश्यक परेमा अन्य मुलुकबाट पनि सहयोग लिन सकिन्छ’, । उनले विदेशी मित्र राष्ट्रहरूबाट सहयोगको प्रतिबद्धता आइरहेको पनि बताए । उनले भने, ‘हामीलाई विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेका छन् । आवश्यकताअनुसार सहयोग लिन्छौँ ।’