धनगढी, २२ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
आइतबार नाटा सुदूरपश्चिम तथा पर्यटन व्यवसायीसँग आयोजित छलफलमा सुदूरपश्चिममा पर्यटकलाई आकर्षित गर्न पर्याप्त सम्भावना रहेको बताउँदै धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताए ।
मुख्यमन्त्री भट्टले प्रदेश सरकारले धार्मिक पर्यटनलाई प्राथमिकतामा राख्दै पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, प्रवर्द्धन र प्रचारप्रसारलाई प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताए । उनले एकीकृत बजेट निर्माणमार्फत प्रदेशको पर्यटन क्षेत्रको दिगो विकास हासिल गर्न सकिने बताए ।
सुदूरपश्चिममा रहेका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको व्यवस्थित विकास गर्न तीनै तह र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।










प्रतिक्रिया दिनुहोस्