राजनीति

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ४६ शाखा अधिकृतको सरुवा



काठमाडौँ, २५ भदौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४६ शाखा अधिकृतको सरवा गरेको छ ।

सिंहदरबारमा कार्यरत केही अधिकृतहरूलाई दुर्गमका गाउँपालिकाहरूमा पठाइएको हो । पालिकाका अधिकृतहरू सरुवाको सूचीमा बढी छन् । सिंहदरबारबाट पठाइएकाहरू पनि पालिकामा सरुवा गरिएका धेरै छन् । दुर्गमका पालिकामा काम गरिरहेका अधिकृतहरूलाई विभाग तथा मन्त्रालयमा पनि सरवा गरिएको छ ।

यसअघि, यही भदौ २२ गते २५ उपसचिवको सरुवा गरिएको थियो । सरुवा गरिएका उपसचिवहरू नगरपालिकामा पठाइएका वा त्यहाँबाट सरुवा हुने धेरै थिए ।