राजनीति

एमाले पुनर्गठन कार्यदलको बैठक भोलि बस्ने 



काठमाडौँ, २५ भदौ । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक भोलि बस्ने भएको छ ।

कार्यदलका सदस्य डा.राजन भट्टराईका अनुसार भोलि बिहान ११ बजे बैठक बोलाइएको छ । कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नेगरी च्यासलमा बैठक बोलाइएको हो ।

गत २१ फागुनको निर्वाचन पराजय र पार्टी पुनर्गठनबारे सुझाव संकलन गरी प्रतिवेदन तयार पार्नेगरी गत १० जेठमा कार्यदल गठन भएको थियो । उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव छन् ।

सात प्रदेश र अरु गैरभौगोलिक गरी १३ स्थानमा संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्न जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो । महासचिव पोखरेलले प्रतिवेदनको मस्यौदा झण्डै एक महिना पहिले नै तयार पारेका थिए ।