वीरगन्ज, ४ असोज । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६ करोड राजस्व संकलन गरेको छ ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३/८४ को भदौमा २३ अर्ब ४६ करोड १५ लाख राजस्व संकलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो ।
मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्