काठमाडाैँ, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।
बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थली काठमाडौंमा बस्ने रास्वपाले जनाएको छ । पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्