बिरेन्द्र भट्टको प्रेरणादायी यात्रा: क्यामेराको लेन्सदेखि चलचित्र विकास बोर्डसम्म

सुदूरपश्चिमबाट चलचित्र विकास बोर्डमा प्रतिनिधित्व गर्ने पहिलो अवसर, दुई दशकभन्दा लामो चलचित्र यात्रा सुदूरपश्चिमको बैतडीमा जन्मिएर चलचित्र क्षेत्रमा आफ्नो पहिचान बनाउन काठमाडौँ आउनुभएका बिरेन्द्र भट्ट अहिले चलचित्र विकास बोर्डको सदस्यको जिम्मेवारीमा हुनुहुन्छ। सामान्य प्राविधिक भूमिकाबाट चलचित्र यात्रा सुरु गरेका भट्ट संघर्ष, निरन्तरता र व्यावसायिक दक्षताको बलमा सफल छायाकार हुँदै चलचित्र क्षेत्रको नीतिगत तहसम्म पुग्न सफल…