बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ११ पौष । आज सुनचाँदीको मूल्य बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १८ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ६९ हजारमा ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १६५ रुपैयाँले बढेर ४ हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।