घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १९ माघ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३ सय रुपैयाँले घटेर ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।