घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १६ साउन । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९३ हजार १ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला २२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।