उत्तर कोरियाली व्यापार व्यवसाय बन्द गर्न निर्देशन

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेका सबै उद्योग र व्यापार व्यवसाय बन्द गर्न नेपाललाई निर्देशन दिएको छ । राष्ट्रसंघमातहत गठित निकाय कोअर्डिनेटर नेसन्स सेक्युरिटी काउन्सिल प्यानल अफ एक्सपर्टले साउन पहिलो साता परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर उक्त निर्देशन दिएको हो । परिपत्र कार्यान्वयन गर्न साउन २७ सम्मको समयसीमा दिइएको छ । कारोबार दैनिकको समाचारमा उल्लेख…