टीकापुर घटनाका आरोपित पनि उम्मेदवार

धनगढी । दुई वर्षअघि टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । राज्यको नजरमा फरार रहेका व्यक्तिले उम्मेदवारी दर्ता गर्न गैरकानुनी भएको कानुन व्यवसायीको भनाई छ ।…