काठमाडौं, १८ असोज । शैय्या अभाव, कर्मचारीबीच किचलोजस्ता व्यवस्थापकीय कमजोरीका कारण बीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामीले सास्ती खेप्नु परिरहेको छ । औषधि व्यवसायीको मिलेमतोमा अस्पतालकर्मीले अस्पतालमा उपचार सामग्री उपलब्ध नरहेको भन्दै उपचारमा समस्या थपिदिएका छन् भने मृगौलासम्बन्धी रोगबाट पीडितहरु एउटै शैय्यामा बसेर डायलासिस गराउन बाध्य छन् । मृगौलाका बिरामीमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले…