काठमाडौं, १५ भदौ । एक ओमानी नागरिक रिसाउँदै मस्कटस्थित नेपाली दूतावास आइपुगे । उनको घरमा काम गर्ने झापाकी २३ वर्षीया युवती दूतावासको आश्रयमा थिइन् । मस्कटबाट हजार किमि टाढा सललाहबाट भागेर उनी दूतावासको शरणमा आएकी थिइन् । दूतावासले उनलाई नेपाल पठाउन लागेको विषय ओमानीलाई चित्त बुझेको थिएन । ‘मैले किनेर ल्याएको खद्यामालाई किन पठाउने ?…