इन्धन भण्डारण गर्न किनेको जग्गा डुबानमा

भैरहवा, २१ साउन । रुपन्देहीको भैरहवा–परासी सडकखण्डको रोहिणी नदी किनारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्न किनेको जग्गा डुबानमा परेको छ । बिहीबारदेखि लगातार परेको पानीले रोहिणी नदी उर्लिंदा निगमले किनेको बगर जग्गा डुबाएको हो । निगमले गत असारमा रुपन्देहीको साबिकका धकधई, पट्खौली र वसन्तपुर गाविसमा करिब १४ बिघा ७ कट्ठा जग्गा खरिद गरेको…