कर्मचारीकै संलग्नतामा चोरीका सवारी दर्ता

काठमाडौं, ६ साउन । व्यवसायीसँगको मिलेमतोमा यातायात कार्यालयले नै चोरीको सवारीसाधन दर्ता गर्ने गरेको खुलासा भएको छ । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले भारतबाट ल्याइएका चोरीका गाडी फर्जी कगजातका आधारमा दर्ता गर्ने गरेको फेला परेको हो । ‘चोरीका गाडी फर्ज कागजातका आधारमा दर्ता भएको’ भन्ने उजुरीका आधारमा यातायात व्यवस्था विभागले गरेको छानबिनमा यस्तो भेछिएको हो…