काठमाडौं, १ फागुन । भक्तपुरको अनन्तलिंगेश्वर ७ सिरुटारकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले अनन्तलिंगेश्वरका ४० वर्षका राजकृष्ण कायस्थलाई पक्राउ गरेको छ । बालिका बलात्कार गर्न श्रीमानलाई सहयोग गरेको अभियोगमा प्रहरीले उनकी श्रीमती राधा जंगमलाई पनि पक्राउ गरेको छ । शनिबार पक्राउ परेका श्रीमान श्रीमतीलाई आइतबार जबर्जस्ती करणी अन्तर्गत मुद्धा चलाइने भएको छ ।…