काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी, प्रविधिगत आवश्यकता र दीर्घकालीन दिगोपनाबारे विद्यावारिधि अनुसन्धान गरेका छन् । उद्योगको महाप्रबन्धकका रूपमा काम गर्दाको प्रत्यक्ष व्यावसायिक अनुभवलाई अनुसन्धानसँग जोड्दै उनले ‘उदयपुर सिमेन्ट उद्योग लिमिटेडका सञ्चालनगत चुनौतीहरू तथा दिगोपनाको विश्लेषण’ शीर्षकमा विद्यावारिधि गरेका हुन् ।…