निर्वाचन आयोगले भन्योः ६२ जिल्लाको मतपत्र छपाई सकियो

काठमाडौं, ३ बैशाख। स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले अहिलेसम्म ६२ जिल्लाको मतपत्र छापिसकेको जनाएको छ । संसदको राज्य व्यवस्था समितिको आइतबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बाँकी १३ जिल्लाको मतपत्रको छपाई कार्य चाँडै सकिने जानकारी दिनु दिए । प्रमुख आयुक्त यादवले मतपत्रको छपाई कार्य सकेर ब्याण्डिङ गरेपछि त्यसको ढुवानी र सुरक्षाको जिम्मा नेपाली…