भद्रपुर, २३ माघ । सबै दलको सहमतिमा तत्काल स्थानीय निर्वाचनको मिति तोक्न झापाका राजनीतिक दलले सरकारसँग माग गरेका छन् । विर्तामोडमा भएको छलफलमा सहभागी नेताहरुले स्थानीय तहको निर्वाचनका लागि सबै दल सहमतिमा आउनुपर्नेमा जोड दिएका हुन् । असन्तुष्ट दलको भावनालाई समेत समेटेर सबै दलको सहमति र सहकार्यमा स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा उनीहरुको भनाइ थियो ।…