वीरगन्ज, १२ माघ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम ब्रान्चको टोलीले विशेष सूचनाका आधारमा ट्याङ्करबाट तेल चोरी गरिरहेको अवस्थामा दुईवटा तेल ट्याङ्करसहित चालकलाई रङ्गेहात पक्राउ गरेको छ । भारतीय आयल निगमबाट पेट्रोल लोड गरी बारा जिल्ला परवानीपुरस्थित सत्यम् आयल निगममा चालकले पेट्रोल दिनुपर्ने वीरगन्ज आयल निगमको रेकर्ड देखिए पनि ना २ ख ३८२४ नंको…