काठमाडाैँ, १७ पौष । भारतमा सम्पन्न ९ भारत अन्तर्राष्ट्रिय तेक्वान्डो च्याम्पियनसिप २०२५ मा काठमाडौँ बुढानिलकण्ठ पाठशालाकी छात्राश्रेया राईले ४४ केजी तौल समूहमा तेस्रो स्थान हासिल गर्दै काश्य पदक जित्न सफल भएकी छिन् । उक्त प्रतियोगितामा विभिन्न देशका खेलाडीहरू बीच भएको प्रतिस्पर्धामा बुढानिलकण्ठ नगरपालिका ९ मण्डिकाटारमा अवस्थित छात्रा राईले नेपालको लागि नै ऐतिहासिक उपलब्धि हासिल गरेकी हून्…