काठमाडौँ, २१ बैशाख । कर्णाली प्रदेशका एकदुई स्थानमा आज बिहान हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहान देशभर सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको विभागको भनाइ छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश, मधेस…