काठमाडौँ, १६ असार । काठमाडौँको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका–३ का २२ वर्षीय गोविन्द मल्ल छन् । काठमाडौँ महानगरपालिका–३१ स्थित तीनकुनेस्थित सडकमा ना.८ ख १३७० नम्बरको ट्रकमा गएराति रा.७ प ८११५ नम्बरको मोटरसाइकल ठक्किँदा मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते…