एक लाख ८० हजार पशुलाई लम्पीस्किनविरुद्धको खोप

काठमाडौँ, २३ असार । सरकारले मुलुकभर फैलिएको लम्पीस्किन रोग नियन्त्रण गर्न हालसम्म एक लाख ८० हजारभन्दा बढी पशुमा यसको खोप लाउने कार्य सम्पन्न गरेको छ । लम्पीस्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । सरकारले प्रभावित पशुको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरेको पशु सेवा विभागका महानिर्देशक डा…