काठमाडौँ, २७ असोज । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी…