बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे कारबाही

काठमाडौँ, १७ भदौ । तपाईंले आफ्नो मोटरसाइकलमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राख्नुभएको छ ? त्यसो हो भने ‘होसियार’ रहनुस् है ! ट्राफिक प्रहरीको कारबाहीमा जुनसुकैबेला पर्न/परिन सक्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्नेमाथि कारबाही अभियान थाल्ने तयारी गरेको हो । प छिल्लो समय ‘राइड सेयरिङ’ गर्ने बाइकचालकले ‘मोबाइल स्ट्यान्ड’ प्रयोग गर्दै आएका छन्…