माटोको ढिस्कोले पुरिएर २ जना घाइते

काठमाडौँ, १३ पौष । गुल्मीको इस्मा गाउँपालिका–६ बुल्म राङदलचौरमा घर लिप्ने माटो खन्ने क्रममा दुई जना घाइते भएका छन् । शनिबार दिउँसो इस्मा गाउँपालिका–५ बनगाउँ निवासी वर्ष ४७ की हिरा बिष्ट र वर्ष २३ की सुमित्रा मुखिया घाइते भएका हुन् । माटोको ढिस्को खस्दा च्याप्पिएर उनीहरु घाइते भएका हुन् । दुवै जनाको अवस्था मध्यम रहेको छ…