मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा, २३ बैशाख । जिल्लाको साँगुरीगढी गाँउपालिका–३ सल्लेनी डाँडामा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।  प्रहरीका अनुसार गएराती मदेनतर्फ आँउदै गरेको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा साँगुरीगढी–३ मदेन टोलका अन्दाजी ३८ वर्षीय ईन्द्रबहादुर याखाको मृत्यु भएको हो । मोटरसाइकल सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरी चौकी डाँडाबजारले जनाएको…