जसपाको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको मृत्यु

काठमाडौँ, १८ बैशाख । स्थानीय तहको निर्वाचनको प्रचार कार्यक्रममा जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहाको नवराजपुर गाउँपालिका(१ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो । चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगे पनि निधन भएको  हो…