काठमाडौँ, ४ असोज । सामान्यतया बेलैमा उचित उपचार पाए डेङ्गु संक्रमितलाई कुनै जोखिम हुँदैन । त्यस्तो अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेङ्गुका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति भने आउँदैन । तर उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि डेङ्गुका बिरामीको मृत्यु भएको पाइएको चिकित्सकहरूले बताएका छन् । डेङ्गु संक्रमणलाई सामान्य ठानेर लापरबाही गरे…