काठमाडौँ, २ असोज । प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले काठमाडौँ-तराई/मधेस द्रुतमार्ग आयोजनामा कानुनविपरीत ठेक्का व्यवस्थापनको काममा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कारवाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको दिएको एक सातापछि नेपाली सेनाले द्रुतमार्ग आयोजनाको खोकना-बुझमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै केन्द्रीय तहबाट पहल गरिनुपर्ने बताएको छ। समितिको बैठकले आगामी दिनमा विगतमा भएका…