रुख घरमाथि ढल्दा च्यापिएर एक जनाको मृत्यु

काठमाडौँ, १४ फागुन । कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको आज बिहान मृत्यु भएको हो । त्यसैगरी सोही घरमा रहेकी ४० वर्षीया सीता महता घाइते भएको प्रहरीले जनाएको छ ।…